रौतहट, ३० असार ।
नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले रौतहटको धर्मपुरमा बोलेका बाचा पुरा गर्ला कि भन्ने प्रश्न उठन थालेको छ । सर्बोच्च अदाललते असार २८ गते गरेको प्रतिनिधी सभा स्थापना तथा सभापति देउवालाई प्रधानमन्त्री बनाउने परमादेश गरे देखि नै नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुमा मात्र नभई पार्टी सर्मथकहरुले उनले रौतहटको सभामा बोलेका कुरा पुरा गर्ने आशमा परेका छन् । नेपाली काँग्रेसका सभापति एवम नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले रौतहटको धर्मपुरमा संचालन भएको विषणु महायज्ञलाई संवाेधन गर्ने क्रममा केही महिना अगाडी  रौतहटको क्षेत्र नं.२ बाट निर्वाचित सांसद एवम पार्टीका चर्चित नेता मोहमद आफताब आलम निर्दाेष रहेको र कम्युनिस्ट सरकारले जालझेल गरि फसाएकाले आफुले रिहाका लागि हरेक किसिमका पहल गर्ने बचन दिएको थिए । उनी सरकारकाे नेतृत्व गरेपछि नेपाली काँग्रेस तथा रौतहट क्षेत्र २ का निलम्बीत सांसद आफताव आलम समर्थकहरुले आफुहरुको अभिभावक आलमलाई पार्टी सभापतिले छिट्टै छुडाई दिने भन्दैं समाजिक संजालहरुमा खुशियाली व्यक्त गरेको देखिएको छ ।
सर्वोच्चको आदेश पछि राष्टपतिबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्भालेका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्रीको सपथ खाएको एक दिन पनि नवित्दै आलमको रिहाईको कुरा उठनु केही न केही अर्थ राखेको देखिन्छ । यसै विच केपी ओलि सरकारका पाला बालुवाटार जग्गा प्रकरणमा अख्तियारबाट मुछिएका काँग्रेसका अर्का चर्चित नेता विजय कुमार गच्छदार सभापति देउवा प्रधानमन्त्री बनेकाे  आज दाेस्राे दिनमै विषेश अदालतमा हाजिर भई १० धराैटीमा रिहा भएका छन् ।   स्मरण रहोस मोहमद आफताब आलमलाई उनकै गाउँकै इटाभटामा पहिलो संविधान सभाको निर्वाचनका बेला जिउदै मान्छे जलाएको आरोपमा पुरपक्षका लागि डेर वषै देखि कारागारमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here