,नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे।

काठमाडौं, असार २८ नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगितामा सोमबार पहिलो भएका छन्।

नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे।

युथको पुरुष ५४ केजीमा बोसीगाँसका शुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा ६३ केजीमा रामेछापका सुमन श्रेष्ठले सुनसरीका संगम राईलाई फाइनलमा हराए।

युथकै महिला ४८ केजी फाइनलमा नक्सालकी तेजीमाया गुरुङले ललितपुरकी उमा श्रेष्ठलाई पन्छाइन्।

युथको पुरुष ६० केजी सेमिफाइनलमा कास्कीका निश्चल गुरुङले झापाका समिर गुरुङलाई पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here