महोत्तरी,२८ असार// महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का नथुनी कबारीको घरमा आगलगी भएको छ ।
खाना पकाउने क्रममा ग्यांस लिक भएर कबारीको घरमा आइतबार आगलागी भएको हो । आगलागीबाट घरमा काठको फर्निचरका सामानहरु, अन्नपात, लत्ताकपडा लगायतका समानहरु जलेर नष्ट भएको प्रहरीले बताए ।
आगलगीबाट कबारीको करिब ८ लाख मूल्य बराबरको क्षति भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।








