अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप लिएर कतार एयरको जहाज बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देव चन्द्रलाल कर्णले जानकारी दिए। त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। जोन्सन एण्ड जोन्स खोप कुन उमेर समूहका लाई दिनेबारे मन्त्रालयले निर्णय गरिसकेको छैन। अब आउने खोपहरू ६० वर्षभन्दा तल, क्रमैसँग दिँदै जाने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here