काठमाडौँ — सरकारले मंगलबारदेखि वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा पहिलो मात्राको खोप दिने भएको छ । सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोप ५५ वर्षभन्दा माथिका नागरिक,सार्वजनिक यातायातका चालक र सहचालक,विश्विविद्यालय र विद्यालयका शिक्षक/कर्मचारीलाई खोप दिन लागेको हो ।

यस्तै, अमेरिकी खोप जेन्सेन अर्को चरणमा ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । तर,यो खोप लगाउने मिति भने तय भइसकेको छैन ।

यसबाहेक विदेश जानेहरुलाई पनि खोप लगाइने विभागका खोप शाखा प्रमुख डा.झलक गौतमले बताए । ‘खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लगाइने व्यवस्था मिलाइएको छ ,’ उनले भने ।

त्यस्तै, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरुलाई पनि खोप दिन लागिएको छ । खोप लिनका लागि सरकारले जारी गरेको प्रमाणपत्र देखाउनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here