बीरगन्ज,२५ असार// बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रका छात्राहरुलाई साईकल वितरण गर्नुभएको छ ।
महानगरपालिकाको अनुदान सहयोगमा वडा नम्बर १८ नेरामावि भवानीपुरका गरिब, जेहेन्दार, दलित ३५ जना छात्राहरुलाई नगरप्रमुख बिजय कुमार सरावगीले साईकल हस्तान्तरण गर्नुभयो ।साईकल वितरण गरिसकेपछि नगर प्रमुख सरावगीले बालिका शिक्षामा मधेस कमजोर रहेकोले पछिल्लो समयमा बालिकाहरुलाई विद्यालयमा पहुँच सहज बनाउन महानगरपालिकाले पनि साईकल वितरण गरेको हो ।
विद्यालयका प्रधानाध्यापक हरिमाधव यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सरावगी सहित विशिष्ट अतिथि ब्रहमदेव कुर्मी लगायतको उपस्थिति रहेको थियो








