रौतहट असार २४// सुचनाको हक आम नागरिकको मौलिक हक भनेर नेपालको सविधानको धारा २७ ले सुनिश्चित गरेको छ। जिल्ला अस्पताल गौरमा गत जेष्ठ ३० गते ( दर्ता नं. २६८/०७८/०२/३०) समाचार प्रयोजनका लागि दर्ता गराएको सुचनाको हक निवेदनको म्याद सकिएको हो। दोस्रोपटक दफा ९ अनुसार सुचना उपलब्ध गराई दिन कार्यालय प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णा साहलाई गत १६ गते दिएको थिए। दफा ९ अनुसार १ हप्ता भित्र सुचना उपलब्ध गराउने प्रवधान कानुनमै उल्लेख रहेता पनि मेडिकल सुपरिटेन्डेन्ट डा.साह कानुन आफ्नो गोजीमा बुझी माग अनुसार कागजात उपलब्ध गराउन आनाकानी गर्दै आएको हो। माग अनुसारको सुचना उपलब्ध गराउने हिजो अन्तिम दिन रहदा मेडिकल सुपरिटेन्डेन्ट डा.साहको दुईटै मोबाइल बन्द रहेको देखियो। पछि कार्यालयमा जाँदा मेडिकल सुपरिटेन्डेन्ट डा.साह बस्ने रुममा ताल्चा मारेको देखियो। सोही क्रममा सुचना अधिकारी राज किशोर राउत संग सम्पर्क गर्दा तपाईंले मागेको विभिन्न शीर्षक मध्ये पहिलो शिर्षकको सुचना मात्र मलाई मेडिकल सुपरिटेन्डेन्टले उपलब्ध गराएको सुचना अधिकारी राउतले बताए। मैले मागेको सुचना मध्ये पहिलो बुन्दाको सुचना म किन बुझु भन्दै कार्यालय बाहिर आए। हिजो सम्म सुचना उपलब्ध गराउने अन्तिम मिति रहदा अस्पतालले सुचना उपलब्ध नगराउँदा वास्तविक भ्रष्टाचार भएको संका हुन थालेको हो। अस्पतालमा मागेको सुचना र समाचार बन्द गर्न लेखा प्रमुख श्री नारायण झाले पत्रिकाको बिल दिनु म अस्पतालबाट भुक्तानी गर दिन्छु भन्दै लोभ समेत दिएको थियो। त्यस बिषयमा नकार्दै जाँदा लेखा प्रमुख झाले आफन्त संग चुप गर्न लगाउने कुरा पनि गरे। जिल्ला अस्पताल गौरमा भ्रष्टाचारमा चरम सिमा पार गरि सके पनि संबंधित निकाय र प्रदेश सरकारको कुनै ध्यानाकर्षण नभएको र कानमा तेल हालेर बसेको स्थानीयहरुले आरोप लगाएको हो। जिल्ला अस्पताल गौरबाट पहिलो र दोस्रोपटक सुचना माग गर्दा सुचना उपलब्ध नगराउँदा भ्रष्टाचार लुकाउन मेडिकल सुपरिटेन्डेन्ट डा.साह स्टोर प्रमुख र लेखा प्रमुख संग भेट्न भने पनि सुचना मागको प्रकृया अगाडि बढेको हो। कानुन बिपत्ति चलिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा.साह माग अनुसार सुचना उपलब्ध नगराउँदा राष्ट्रिय सुचना आयोगमा आवश्यक कार्वाही सहित माग अनुसार सुचना उपलब्ध गराउन पुनरावेदन गरेको छु।








