रौतहट २० असार ।                                                        रौतहटमा शनिबार बस्ती पेसेको जंगली हात्ती भारत क्षेत्रमा प्रवेश गरेको छ । लक्ष्मीपुर बेलबिछवा हुँदै हात्ती भारतीय क्षेत्रमा पसेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए । उनका अनुसार भारतको बिहार सितामढी जिल्लाको मसहातर्फ गएको सो हात्ती जोडियाही भन्ने स्थानमा रहेको जानकारी प्राप्त भएको छ । वनबाट प्रवेश गरेको हात्ती बारा जिल्लाबाट रौतहटको देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेर शिवनगर, मिठुअवा, जेठरहिया, पचरुखी हुँदै अन्तिम पटक शनिबार राति राजदेवी नगरपालिकाको बेलबिछवामा देखिएको थियो । शनिबार दिनभर वन कार्यालय, निकुन्ज र सुरक्षाकर्मीको टोलीले हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल भएनन् ।

शुक्रवार बाराको कलैया उपमहानगरपालिका २ मा खेतमा काम गरिरहेका एक किसानको ज्यान लिएको सो हात्ती रौतहटको शिवनगरको एक घरमा क्षति पुर्‍याएको थियो भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here