जनकपुरधाम, असार १८//अविरल वर्षाले प्रदेश २ सरकारको मुख्य कार्यालय नै जलमग्न भएको छ ।

जनकपुरधम स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मुख्यद्वारसहित प्रांगणमा वर्षाको पानी जमेको हो ।

प्रदेश चलाउने मुख्य निकायनै जलमग्न भएपछि समाजिक सञ्जालमा तस्बिर भाइरल भइरहेको छ ।

वर्षमा अर्बौंको बिकास गर्ने प्रदेश सरकारको प्रांगणमा जमेको वर्षाको पानीले प्रदेश भरिको वास्तविक अवस्था बुझाउछ ।

अविरल वर्षाले बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत धनुषा सिरहा जोड्ने नवनिर्मित कमला पुल भासिएको छ ।

पानी ८ जिल्लाका दक्षिणी भेगका सडकहरु अस्तव्यस्त बनेको छ भने सदरमुकाम तथा सरकारी कार्यालयहरु जलमग्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here