रौतहट १२ असार ।
रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर रौतहटको परोहा नगरपालिका २ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पुर्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।








