रौतहट,८ असार ।
रौतहट प्रहरीले मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तिन जनालाई नियन्त्रणमा लिएको छ। नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री झालाई कालो झण्डा देखाएको भन्दै प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको हो। रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा न.३ सखुअवाका ललन यादव, गरुडा ५ का विजय यादव र दिपेन्द्र यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भए पछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समुहले उनलाई कालो झण्डा देखाएर विरोध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here