रौतहट ८ असार ।
सिरहामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। जिल्लाको भगवानपुर गाउँपालिका वडा नम्बर ५ लालपुरका ४५ वर्षीय देवनारायण यादव र लहान नगरपालिका वडा नम्बर ९ गोठटोल बस्ने ५० वर्षीय जोगिन्द्र साहको ज्यान गएको हो। सोमबार साँझ करिब ६ बजेतिर १२ हजार भोल्टको तारमा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए। उन लाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै
आफ्नै घरमा मिटरको तार जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here