रौतहट ६ असार ।
रौतहटका ३ ओटा विद्यालयका १०६ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । रौतहटको यमुनामाई गाउपालिकाको वडा नम्बर १ जेठरहिया माविका कक्षा ८ मा अध्ययनरत ७७ जना छात्राहरु , सोही वडाको जगदम्बा आधारभुत विद्यालयको ११ र माधवनारायण नगरपालिका ४ बालबिकास आधारभुत विद्यालयको १८ गरी जम्मा १ सय ६ जना छात्राहरूलाई प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले साइकल वितरण गर्नु भएको हो । जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका कृषि राज्य मन्त्री यादवले प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरूलाई सो साइकल वितरण गर्नु भएको मन्त्रि यादवले बताउनु भयो । विद्यालयको भौतिक दुरि टाढा रहेका छात्राहरुका लागी कार्यक्रमले टाढाबाट विद्यालय आउन छात्राहरुलाई सहज हुने विश्वास मन्त्री यादवले ब्यक्त गर्नु भयो । साइकल वितरण कार्यक्रम समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपंतिमा राख्ने कार्यमा अघि बढेको बताउनु भयो । विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको यादवको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here