५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा गत बर्षभन्दा फरक मोडालिटिमा संचालन गर्ने भएको छ ।

बोर्डले यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले हुँदा गत साल जस्तो एउटै विधिमा मुल्याङकन एवम परिक्षा संचालन नहुने बताएको हो ।

गत वर्ष ४० अङ्कको मात्रै लिखित परीक्षा लिएर कक्षा ११ को परीक्षालाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा निकालिएको थियो । आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो ।

तर यस पटक भने कम्तिमा ८० अंकको परीक्षा वोर्डले नै लिनेगरी मोडालिटी बनाइदै छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमण कम भएमा भदौ मसान्त भित्र कक्षा परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । एसईई परीक्षा असार २० अगे भित्र आन्तिरक मुल्याङकन सकी वोर्डमा पठाउन यस अघी नै बोर्डले सम्वन्धित विद्यालयलाई निर्देशन दिइसकेको छ । साउन दोस्रो साता भित्र इसईईको नतिजा सार्वजनिक गरि सक्ने वोर्डको कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here