०४ असार बिरगंज ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बिरगंज पर्साबाट नेपाल पत्रकार महासघको सभाकक्षमा नेपाल पत्रकार महासघको सदस्यहरुलाई कोभिड -१९ को संक्रमणबाट बच्नको लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्दि गर्ने औंषधि बितरण गरिएको छ ।

नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षमा संचालन गरि आयुर्वेद औंषधि काढा बितरण गरिएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बिरगंज पर्साका प्रमुख डा. रमेश मिश्राले अध्यक्ष तिवारीलाई आयुर्वेद औंषधि हस्तान्तरण गर्नु भएको हो। स्वास्थ्य औंषधिमा गिलोय चुर्ण -१ पिस , अमृत क्वाथ चिया-१ पिस र अश्वगन्धा चुर्ण -१ पिसको सेट १०० वटा बितरण गरिएको अध्यक्ष तिवारीले बताउनु भयो।

सो कार्यक्रममा बैद्य निरीक्षक दिनेश साह , पत्रकार महासघ पर्साका महिला उपाध्यक्ष सुश्मा शर्मा , उपाध्यक्ष युवराज खड्का , सचिब भुषण यादव , सह सचिब जियालाल साह , सदस्य तिवारी यादव , सुभाष राम , प्रणय कुमार साह , उत्तम खडकि , माधुरी महतो , निलिमा पौडेल , दिपक गौतम , राजेन्द्र सिंह राजपुत , राकेश कुमार साह , आरोहण साह , राजन सिंह लगायतकाको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here