बारा ३ असार ।
बारामा युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विश्रामपुर गाउँपालिका–२ कै २५ वर्षीय युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको परिचय अहिले प्रहरीले खुलाएको छैन । बिहीबार बिहान विश्रामपुर गाउँपालिका–१ बरैनिया बजार नजिकै सोही गाउँपालिका–२ भरवलिया टोल निवासी २६ वर्षीय भादो बैठाको शव फेला परेको थियो । शरीरभरि चोटपटकको नीलडाम रहेको अवस्थामा मृत फेला परेका युवकको घटना सम्बन्धमा अनुसन्धान जारी रहेकाले पक्राउ गरिएको व्यक्तिको परिचय नखुलाइएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।शंकास्पद अवस्थामा रहेको शव फेला परेपछि घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो । प्रहरीले शव नियन्त्रणमा लिएर कलैया अस्पतालमा पोस्टमार्टमका लागि पठाएको मिश्रले बताए । सभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here