रौतहट १ असार ।
रौतहटको देवाही गोनाहीमा निशुल्क पशु स्वास्थ्य सिविरको मंगलबार उद्धघाटन सम्पन्न भएको छ । पशु स्वास्थ्य सेवा देवाही गोनाही नगरपालिकाको आयोजनामा असार १ गतेबाट १० गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै वडाहरुमा सो सिविर सञ्चालन हुने नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भयो । सिविरमा पशुपंक्षिहरुमा हुने सबै प्रकारका समस्या समाधान गर्ने , गाइ भैसी तथा बाख्रामा कृतिम गर्भधारण ,पशु बह्याकरण गर्नुका साथै पशु तथा पंक्षीमा हुने हरेक प्रकारका परजिवी नियन्त्रण गर्न औषधीहरु चेकजाच गरि निशुल्क वितरण गरिने नगर प्रमुख पटेलले बताउनु भयो । नगर प्रमुख पटेलले मंगलबार बिहान करुनिया करबोल पोखरीमा सो सिविरको उद्घाटन गरि अहिले सिविर सञ्चालन भइरहेको उहाले बताउनु भयो । विहिबार असार ३ गते देवाही बजार , असार ५ गते कर्कच , असार ७ गते मलंग चोक र असार ९ गते धरहरीमा निशुल्क पशु स्वास्थ्य सिविर सञ्चालन हुने देवाही गोनाही नगरपालिकाको पशु सेवा शाखाले जााएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here