रौतहट ३० जेष्ठ ।
बाराबाट लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साको बीरगञ्ज उपमहानगरपालिका ७ का २० वर्षीय शारुख खान मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनलाई शनिबार बिहान बारा जिल्लाको जीतपुर उपमहानगरपालिका ७ बाट लागूऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। मियाँको साथबाट बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकल र १०० एमएलको वनरेक्स २३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मियाँलाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here