२९ जेष्ठ । प्रदीप यादव । रौतहट । निर्माण भईसकेको पानि ट्यांकी संचालनमा नआउनु एउटा दुखद समाचार हो समयमा निर्माण र संचालनमा ल्याउनको लागि केन्द्र प्रदेश स्थानीयले बिकाशको योजना निर्माणको लागि ठेकेदार उपभोक्ता, बनाएर निर्माण गर्नको लागि दिन्छ तर जब संचालक समितिको लापरवाहीको कारण रौतहट जिल्लाको गौर नगरपालिकाको वडा न ४ गढवामा बिगत ५ साल देखि निर्माण भाईसकेको पानि ट्यांकी अहिले सम्म संचालनमा आउँन नसकेको एउटा दुखद समाचार बन्न पुगेको छ ।

पानी ट्यान्की निर्मानको काम सम्पन्न भए पनि पानी ट्यान्की सन्चालनमा नआउदा गढवा बासिले पानी ट्यान्की बाट पानी खाने सपनामा मात्र सिमित भएको छ। गौर नगरपालिकालाई बारम्बार पानी ट्यान्की सन्चालन गर्न भन्दा पनि नगरपालिकाले कुनै चासो न देखाएको स्थानिय सन्तोष यादवले दुखेसो पोखेको छ ।

उक्त पानी ट्यान्किको सन्चालक समितिमा गौर नगरपालिकाको मेयर अजय गुप्ताले आफ्नो आसे पासेको ब्यक्तिलाई राखेको कारन केही स्थानियहरु मिलि सन्चालक समिती पुर्न रुपमा खारेज गर्नको लागि उच्च अदालतमा मुदा समेत दर्ता गराएको स्थानिय सन्तोश यादवले बताएका छन।समयमा पानी ट्यान्की सन्चालन नहुदा गौर नगरपालिकाको ५ वटा वडा पानी ट्यान्किको पानी पिउन बाट बन्चित भएको छ।

पानी ट्यान्की निर्मानको ५ बर्श बितिसक्दा पनि पानी ट्यान्की सन्चालनमा नआउनु एउटा दुख्द कुरा हो तर जब सम्बन्धित निकायले नै पानी ट्यान्की सन्चालनको लागि पहल गर्दैन भने कसले सन्चालन गराउछ त्यस्ता निर्मनाधिन आयोजनाको भनेर स्थानियले प्रशन समेत गर्न थालेको छ।

संचालक समितिको लापरवाहीको कारण गौर नगरपालिका वडा न ४ को स्थानियहरुले संचालक समितिले गर्न लागेको कामको चौतर्फी बिरोध गर्दा सामान्य झडप समेत हुने अवस्था सिर्जना भएको थियो तर जिल्ला प्रहरी कार्यालय रौतहट बाट प्रहरीको टोलि आएर स्थानीयहरूलाई बुझाई समझाई घर पठाएको स्थानियहरुले बताएको छ भने ठप्प बार्ता गर्नको लागि आईतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा संचालक समिति र स्थानियाहरुको तर्फ बाट बार्ता हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here