रौतहट २९ जेष्ठ ।                                                     सर्लाही प्रहरीले बैकिङ्ग कसुर सम्बन्धी हिनामिना गरेको आरोपमा रौतहटका एक जनालाई नियन्त्रणमा लिएको छ। मलंगवास्थित ईन्फिनिटी लघुवित्त संस्था लिमिटेडको कार्यालयमा कार्यरत रौतहटको चन्द्रपुर नगरपालिका–१० निवासी ३२ वर्षीय रमिशन ठाकुर लाइ ग्राहकको नाममा लाखौं रकम ऋणको रुपमा निकाली हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो। उनलाई किर्ते ग्राहक, तमसुक र रसिद खडा गरी झुठ्ठा ग्राहकहरुको नाम थर उल्लेख गरी ऋण प्रवाह गर्ने क्रियाकलाप गरी चुक्ता भई सकेका ६८ जना ग्राहकहरुको नाममा रकम निकालेर बैकिङ्ग कसुर सम्बन्धी हिनामिना गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् ।उक्त लघुवित संस्थाको नाउँमा रहेको ४७ लाख ९१ हजार ३९८ रुपैंया ६ पैसा हिनामिना गरी बैकिङ्ग सम्बन्धी कसूर गरेको भन्दै सोही लघुवित संस्थामा कार्यरत शाखा प्रमुख अरुण कुमार यादवले दिएको जाहेरी दरखास्तका आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।शुक्रबार उच्च अदालत जनकपुरबाट बैकिङ्ग कसूर बमोजिम म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here