वीरगञ्ज, २८ जेठ ।
जिल्ला प्रहरी कर्यालय पर्साले ८ वटा भारतीय नम्बरको मोटरसाइकल जिल्लाको विभिन्न स्थानबाट पक्राऊ गरेको छ ।निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतिरुपमा पर्सा जिल्लाको विभिन्न स्थानमा चलाईएका तथा कागजपत्र नभएका ८ वटा भारतीय नम्बरको मोटरसाइल प्रहरीले नियन्त्रणमा लिएको छ। पर्सा जिल्लामा बैशाख १६ गतेदेखि जारि निषेधाज्ञा कार्यन्वयन गराउन जिल्ला प्रहरी कार्यालय पर्सा खटेको प्रहरी टोलीले विभिन्न स्थानमा चेकिङ गर्दा तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा रहेका मोटरसाइकलहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० ओमप्रकाश खनालले जानकारी दिए ।नियन्त्रणमा लिएका मोटरसाइकलहरुको मुल्याङ्कन ४ लाख ५५ हजार रुपैयाँ गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here