२५ जेष्ठ एजेन्सी । भारतको पुणे शहरमा रहेको एक रसायन उद्योगमा सोमवार आगलागी हुँदा मर्नेको संख्या १८ पुगेको छ । दिउँसो पौने ४ बजेतिर लागेको आगोका कारण ३७ जना कामदार भवनभित्र फसेका थिए ।

प्रांगणमा धूवाँ आएपछि थुप्रै दमकल त्यतातिर दौडाइएका थिए । मानिसको उद्धार गर्न अग्निनियन्त्रकहरूले भित्ता फोर्नुपरेको थियो । आगलागीको कारण निश्चित हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

कारखाना एसभी आक्वा टेक्नोलोजीजको हो । त्यसले पानी सफा गर्ने क्लोरिन डायोक्साइड बनाउने गरेको छ । पिरानगुट औद्योगिक क्षेत्रमा रहेको कारखानाका मजदूरहरू त्यतै नजिक बस्ने गर्थे । केन्द्र तथा महाराष्ट्र सरकारले पीडितहरूका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here