रौतहट २४ जेष्ठ ।
रौतहटको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरीबिच झडप हुदा डिएसपिसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानियले ३ ओटा विवाहमा भिडभाडका साथ डिजेसहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अबस्थामा प्रहरीहरुले सम्झाइ बुझाइ सो कार्य स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि गर्न गराउन निर्देशन दिइ प्रहरी फर्किने क्रममा एक्कासी स्थानियले प्रहरीमाथी ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि शिद्धिविक्रम साहले बताउनु भयो । झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका डिएपि द्धारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन । घाइते डिएपिसहित प्रहरीहरुको स्थानिय गरुडास्थित ग्राण्डि सिटी अस्पतालमा उपचार भइरहेको एसपि साहले बताउनु भयो । गएराती अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा कोरोना जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत बैशाष २१ गतेबाट निषेधाज्ञा जारी राखेको छ ।








