२१ जेष्ठ  कलैया कोभिडको बढ्दो सँक्रमणलाई नियन्त्रण गर्न उद्देश्यले सिमानाकाको स्थानीयहरुलाई कोभिड सम्बन्धि सचेतना मुलक कार्यक्रम र मास्क पनि वितरण नेपाल सशस्त्र प्रहरी र भारतीय एसएसबी कमाण्डरले सँयुक्त रुपमा कार्यक्रम सँचालन गरेका छन।

कबहिगोठ बिओपिको पिलर नम्बर ३७७ मा चन्द्रमान र सन्फुलवामा बिओपि पत्ति सशस्त्र प्रहरी निरीक्षक अम्रित दुलाल र भारतिय एसएसबी सहायक कमान्डेट अँसल श्रीवास्तव को नेतृत्वमा कार्यक्रम सम्पन भएको थियो ।

सो कार्यक्रममा दुबै देशका पिलर नजिकका स्थानीयहरुलाई मास्क बितरण तथा कोभिडबाट बच्ने उपायहरू अवलम्बन गर्न सुझाव दिनु भएको थियो । दसगँजा क्षेत्रका १०/१० गँज जग्गा सफा गरिदिन स्थानीय हरुलाई आग्रह गर्दै हामि सुरक्षाकर्मीलाई सहयोग गर्न र सुचना आदान प्रदान गर्न समेत सशस्त्र प्रहरी निरीक्षक दुलाल र एसएसबीका सहायक कमाण्डेट श्रीवास्तवले आग्रह गरेका थिए ।

कोभिडको महामारीले दुबै देशका बिधालयहरु बन्द रहेकाले स-साना बालबालिकाहरुको पठाई बिग्रिरहेकोले सिमामा खटिएका दुवै देशको जवानहरुले ति स-साना बालबालिकाहरुलाई बिहान बिहान एक घण्टा टिउसन पनि पढाउने निर्णय गरीएको छ।

जसले बालबालिकाहरुको पढ्ने बानिको बिकासको साथै दुबै देशको निति नियम रहनसहन तथा साँस्कृतिको जानकारी समेत हुने १२ नम्बर गँणका प्रबक्ता डिएसपी सँजिव पाण्डेले बताएका छन। एसएसबीका सहायक कमाण्डेट श्रीवास्तव कटहरीया क्याम्पमा आएपछि सिमानाकामा भएका दुबै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था कडा गर्दै नेपाल भारतको रोटी बेटीको सम्बन्ध कायम गर्दै लगेका छन।

त्यस्तै केहि दिन अघि कर्नाटकमा चार नेपालि सहित एक भारतिय मजदुरलाई आफ्नै लगानिमा उद्धार गरी सकुशल घर सम्म पनि पुर्याईएकोले स्थानीयहरु हर्षित भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here