२१ जेष्ठ रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सितलपुर गाउँमा अनुदानमा बीउ मल र कृषि उपकरण वितरण गरिएको छ ।

जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ सितलपुरका किसानहरू लाई अनुदानमा उक्त सामाग्री वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्लक बिकाश कार्यक्रम अन्तर्गत धान बालीमा कृषि ज्ञान केन्द्र द्वारा अनुदानमा बिउ ,मल तथा कृषि उपकरण सामाग्रीहरु वितरण गरिएको हो ।

किसानहरुको लागि सिताराम उर्फ संजय राय यादवले पहल गरि कृषि सामाग्री उपलब्द गराएका हुन । कृषि सामग्रीहरू,धानको बिउ पम्पीङ्ग सेट, कृषि मोटरटंकी लगायत कृषि सँग सम्बन्धीत सामाग्री वितरण गरिएको हो ।

शुप्रभात कृषिपशु मिश्रित कृषक समूह फतुवा विजयपुर नगरपालिका २ को आयोजनमा र कृषि ज्ञान केन्द्र रौतहटको संचालनमा उक्त सामाग्रीहरू वितरण गर्न लागिएको हो । ५०५ प्रतिशत अनुदानमा उक्त सामाग्रीहरू वितरण गर्न लागिएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको हो ।

सो वार्डको दर्जनौं किसानहरू लाई बीउ , मल तथा कृषि उपकरण वितरण कार्यक्रम सम्पन्न भएको स्थानीय युवा नेता वडा सदस्य रुपेश राय यादवले जानाकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here