वीरगन्ज, १६ जेठ । बारा जिल्लाको ईलाका प्रहरी कार्यालय प्रसौनीको प्रमुखको रूपमा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जिम्मेवारी सम्हालेदेखि गलत प्रबृत्तिका ब्यक्तिहरुमा त्रास पैदा भएको छ । केहि समयदेखी सक्रिय रहेका गलत प्रवृतिका व्यतिहरुले यादवले जिम्मेवारी सम्हालेदेखि उनीहरुमा त्रास पैदा भएको हो । प्रहरी निरिक्षक यादव ईलाका प्रहरी कार्यालय प्रसौनीको जिम्मेवारी पाएपछि तस्करी बन्द भएकाले केहि दिन देखि केहि गलत प्रबृत्तिका ब्यक्तिले गलत आरोप लगाएर बदनाम गर्न थालेको बताएका छन । उनले कुनैपनि हालतमा आफ्नो कार्यकालमा गलत गतिविधि जस्ता क्रियाकलाप हुन नदिन अडान लिएपछि उनको विरुद्धमा गलत प्रबृत्तिका ब्यक्तिले अनावश्यक समाचार सम्प्रेषण गर्न लगाएका समेत प्रस्ट पारेका छन् । त्यस्तै प्रहरी निरिक्षक यादवलाई केही दिन देखि केही संचारमाध्यमले प्रसौनिको प्रहरी निरिक्षक घुस लिएर चोरिको अभियुक्त छोडेको आरोप प्रती केही संचारमाध्यमले गलत समाचार सम्प्रेषण गरेको प्रती आफ्नो ध्यानाकर्षण भएको र उक्त समचारको आफुले खण्ड गरेको बताउनु भएको छ। प्रहरी निरीक्षक यादव शान्ति सुरक्षा, प्रहरी र समुदायबिचको सम्बन्ध र गलत क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्थानीयबासीले बताएका छन । उनी जिम्मेवारी आउनु अगाडि गलत प्रवृतिका व्यतिmहरुका कारण प्रहरी र स्थानीयबीच दुरी बढेको थियो । तर यादव कार्यभार सम्हालेकै दिनदेखि अहिले स्थानीयसंग प्रहरीको सम्बन्ध सुधार भएको पाएको प्रतिक्रिया समेत दिन थालेको छ । स्थानीयका अनुसार गत बैशाख महिनामा प्रहरी प्रमुखमा यादव आएपछि स्थानीयहरुको समान्य झैभगडा जस्ता विवाद आफ्नै मातहतमा सुल्झाउन थालेका छन । जसका कारण स्थानीयहरुले प्रहरीलाई देख्न सम्मानजनक व्यवहार गर्न थालेका छन । प्रहरी निरीक्षक यादव जिम्मेवारी सम्हालेदेखि प्रहरी र स्थानीयबासीको सम्बन्ध एकदमै सुमधुर भएको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले बताएका छन । गाउँपालिका अध्यक्ष गुप्ताका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञामा प्रहरी निरीक्षक यादवले सकरात्मक भुमिका निर्वाह गरेका छन । प्रहरी निरीक्षक यादवले निषेधाज्ञा पालना गराउन समुदाय स्तरमै पुगेर प्रहरी र समुदाय सम्बन्ध सुमधुर र गलत प्रकृतीको कामलाई रोक्दै शान्त बातावरणको सृजना गरेका छन । यस्तै प्रहरी निरीक्षक यादवले लामो समयदेखि अव्यस्थित रुपमा रहेको प्रहरी आवास,मेस भवण,शौचालय,सुत्ने कोठा लगायतका भौतिक पुर्वाधारलाई पालिकाहरुको सहयोगमा र प्रहरी कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुको श्रमदानबाट निर्माण गराएका छन । गत २०७५ मन्त्रीस्तरीय बैठकबाट निर्णय बमोजिम अस्थायी प्रहरी पोष्ट गण्डकलाई स्तरवृद्धि भएर ईलाका प्रहरी कार्यालयको नामाकरण भएर दैनिक कार्य संचालन हुदै आएको थियो । भने प्रहरी जवान र प्रहरी हवल्दारहरुले टहरा सुत्दै आएपछि उनले आफ्नै व्यतिगत सम्बन्धले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजन गराएर निर्माण कार्य सुरु गराएका छन । उक्त भवण निर्माणका लागी गत जेठ ७ गतेमा बाराका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीबाट शिलन्यास गराएका हुन । प्रहरी निरिक्षक यादवले ईलाका प्रहरी कार्यालयको प्रहरीलाई काम कारवाहीमा पनि आन्तरिक रूपमा उल्लेखनीय सुधार गरेका छन ।आफ्नो ब्यक्तिगत स्वार्थको लागि केही संचारमाध्यमले आफू माथी गलत आरोप लगाउदै आएको प्रती खेद प्रकट गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here