रौतहट १२ जेष्ठ
सर्लाहीमा पछिल्लो २४ घण्टामा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–३ का ५८ वर्षीय महिलाको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै ईश्वरपुर नगरपालिका–१५ का २६ वर्षीय युवकको प्रादेशिक अस्पताल जनकपुरमा , लाबन्दी नगरपालिका–५ का ५५ वर्षीय पूरुषको सिन्धुली अस्पतालमा र ब्रम्हपुरी गाउँपालिका–६ का ५५ वर्षीय पुरुषको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। मंगलबार राती देखि बुधबार बिहान सम्म थप ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।त्यस्तै बरहथवा नगरपालिकाले केही दिनअघि ८४ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो। बुधबार बिहानसम्म ५६ जनाको रिपोर्ट आएको छ । जसमध्ये ४० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। बाँकी २८ जनाको रिपोर्ट किन आएन भन्ने कुरा बुझ्ने प्रयास भईरहेको बरहथवा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बरहथवा नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख सत्यनारायण यादवक अनुसार बाँकी २८ जनाको स्वाब पून परीक्षण गरेर बुधबार साँझसम्म रिपोर्ट पठाउने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here