रौतहट ११ जेष्ठ ।                                                             नेपाल पत्रकार महासंघ रौतहट शाखाले गौर अस्पताल लाई पिपिइ सेट हस्तान्तरण गरेको छ । कोरोना भाईरसको दोस्रो लहर तिव्र रूपमा फैलिरहेको बेला उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरूको लागि उक्त पिपिइ सेट हस्तान्तरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मंगलबार एक कार्यक्रममा बिच गौर अस्पतालको प्रमुख डाक्टर कृष्ण साहलाइ १४ थान पिपिइ सेट हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा डाक्टर साह, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झा सङै कोभिड अस्पताल प्रमुख घन्श्याम ठाकुर, नेपाल पत्रकार महासंघ रौतहटका उपाध्यक्ष प्रवीण कुमार शर्मा , पुर्व सचिब गौतम श्रेष्ठ लगायतका उपस्थिति रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झाले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here