अमित ठाकुर।रौतहट। कोरोनाको दोस्रो लहर सुरु भए संगै रौतहटमा थप ३ जना संक्रमितको मृत्यु भएको हो। रौतहटमा दिनानुदिन संक्रमितको मृत्यु दर बढीरहेको देखिएको हो। गएराती कटहरी नगरपालिका वडा नंबर ९ मा अस्थायी कोभिड अस्पतालमा उपचारत एक पुरुषको मृत्यु भएको हो।

भने जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा उपचारत सर्लाही बलराकी एक महिलाकी मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको हो। त्यसतै गौर नगरपालिका वडा नंबर ५ का उपचारत कोरोना संक्रमितको मृत्यु भएको हो। जिल्ला अस्पताल गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा दिनानुदिन संक्रमितको संख्या थपिदै गएका छन्।

जिल्ला अस्पताल गौर पहिला देखि नै रेफर अस्पतालको रुपमा प्रचलित रहेको हुँदा अहिले कोरोना संक्रमितको उपचारमा समस्या उत्पन्न हुन थालेका छन्। संघीय सरकारले जिल्ला अस्पतालका सबै जिम्मेवारी प्रदेश सरकारका समाजिक बिकाश मन्त्रालयलाई दिएता पनि अहिले सम्म जिल्ला अस्पताल जस्ताको त्यसतै भएको बुझिएको हो।

जिल्लामा दुई वटा मन्त्री रहेता पनि जिल्ला अस्पताल गौरमा दरबन्दी अनुसार डाक्टर नआउनु दुर्भाग्यको कुरा हो। १८ अौं पालिकामा करोडौं को बजेट रहेता पनि नामको मात्र स्थानीय सरकारको सहानुभूति भईरहेको स्थानीयले बताएका छन्।

रौतहटमा अक्सिजन प्लान्ट बसाउन एकदमै जरुरी देखेता पनि अक्सिजन प्लान्ट बसाउने तर्फ कुनै निकायको ध्यान नभई मौन बसेका छन्। यस्तो महामारीको बेला अन्य पालिकाले मौन बस्दा बिपत ब्यवस्थापन समितमा राखिएको करोडौं रुपैयाँ पनि खर्चिन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here