वीरगन्ज २७ बैशाख ।
वीरगन्जमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालमा ३ र वीरगन्ज हेल्थ केयर हस्पिटलमा १ जनाको सोमबार बिहान मृत्यु भएको हो। बाराको जितपुर सिमरा उपमहानगरपालिका १४ बेहरीका ७० वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान पौने ११ बजे मृत्यु भएको हो। उनलाइ वैशाख २६ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। सोहि दिन उनको एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। यस्तै नारायणी अस्पतालमै उपचाररत पर्साको बहुदरमाइ नगरपालिका २ सिसियाडी बैरियाका ६५ वर्षीय पुरुषको पनि सोमबार बिहान ९ बजे मृत्यु भएको छ। वैशाख २३ गते भर्ना भएका ती पुरुषको त्यही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।बाराको निजगढ नगरपालिका ७ का ६० वर्षीय पुरुषको पनि सोमबार बिहान २ बजे नारायणी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ । वैशाख १७ गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको वैशाख १८ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ। वीरगन्ज महानगरपालिका १० की ६० वर्षीया महिलाको पनि सोमबार बिहान वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनि वैशाख २३ गते वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएकी थिइन्। सोहिदिन उनको पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here