२५ बैशाख ।अखिलेश कुमार यादव । स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उदेश्यले स्टक गरि राखेको वर्कसप, मोटर ग्यारेज, मेटल उद्यो र ग्यास वेल्डिङ गर्ने ठाउँ लगायतबाट संकलन गरेर रौतहट प्रहरीले ४३ वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत प्रहरी कार्यालय समेतबाट संकलन गरी नियन्त्रणमा लिएको अक्सिजन ग्यास सिलिन्डर जिल्ला अस्पताल रौतहटलाई प्रदान गरिने एसपी सिद्धि बिक्रम साहले बताउनु भएको छ ।

कतै अक्सिजनको अभावले कोरोना संक्रमित बिरामी मर्न नपरोस भन्ने उदेश्यका साथ पूर्व तयारी अनुरुप कम प्रयोजनमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिएको हो,’ एसपी साहले बताउनु भयो , ‘अत्यावश्यक भएका अस्पतालहरुसँग सहकार्य यी सिलिन्डर प्रयोग गरिनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here