२५ बैशाख जनकपुरधाम– धनुषाको एक स्थानीय तहका प्रमुखले कोरोना संक्रमितहरुलाई ओसारपसार गर्न अफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन्।

धनुषाको सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्।

कोरोना संक्रमणको दोस्रो लहर फैलिरहेको समयमा संक्रमितहरु एम्बुलेन्स नपाएर अस्पताल पुग्न नसकी ज्याग गुमाउन नपरोस् भन्दै उनले आफ्नो गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेका छन्।

सहिदनगरको सीमा भारतसँग जोडिएको र ग्रामिण भेगमा पनि संक्रमित बढिरहेको समयमा ग्रामिण भेगका संक्रमितले अस्पताल जान एम्बुलेन्स नपाइरहेकाले आफूले प्रयोग गरिरहेको सरकारी गाडी नगरभित्रका संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्‍याउनका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको प्रमुख बरबरियाले बताए।

उनले आवश्यक परेमा आफू वा गाडी चालकको मोबाइलमा फोन गर्न नगरबासीसँग आग्रह गरेका छन्। प्रमुख बरबरियाले आफूसँग सम्पर्क गर्न ९८५४०२९७६९ र चालकको सम्पर्क नम्बर ९८०४८०५४०९ सार्वजनिक गरेका छन्।
सहिदनगर नगरपालिकामा दुई वटा एम्बुलेन्स रहेको प्रमुख बरबरियाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here