रौतहट २२,बैशाख ।
रौतहटमा आउदो शनिवार देखि सवारी साधन , होटल ,रेस्टुरेन्ट पूर्ण रुपमा बन्द हुने भएको छ। रौतहटमा कोरोना संक्रमण बढ्दै गएकोले होटल तथा सार्वजनिक साधन हरु बन्द हुने भएको हो। रौतहटमा पनि कोरोना संक्रमितको दर बढ्दै गएकोले होटल तथा सवारी साधन बन्द गरिएको रौतहटका सिडिओ इन्द्रदेव यादवले बताउनुभयो । रौतहटमा अहिले सम्म दोस्रो चरणको कोरोना सक्रिय संक्रमितको संख्या १९० रहेको छ। जसमध्य सबै भन्दा बढी गौर नगरपालिकामा ४९ जना संक्रमित रहेका छन्। केहि समय अगाडी हट्स्पट बनेका चन्द्रपुरमा ४६ जना संक्रमित रहेका छन्। गरुडामा भने २० जना संक्रमित रहेका छन् । यस्तै राजेदेवी र अन्य जिल्लाका ११.११ जना संक्रमित छन्। फतुवा विजयपुरमा १०, दुर्गा भगवतीमा ९ , कटहरियामा ८,माधवनारायणमा ७ जना संक्रमित रहेका छन ।
इशनाथमा र देवाही गोनाहिमा २ २ संक्रमित छन्। बौधिमाई र यमुनामाईमा ४(४ जना संक्रमित छन् भने परोहामा ३,मौलापुर, गढ़िमाई र अन्य स्थानका १(१ जना संक्रमित रहेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछी जिल्ला प्रशाशन कार्यालयले कडाई गर्न थालेको हो ।