२३ बैशाख । रौतहट ।अखिलेश कुमार यादव ।

रौतहट जिल्लामा ठप्प २ जना कोरोना संक्रमितको आज बिहान वीरगंज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।कोरोना संक्रमण बाट मृत्यु हुनेमा फतुवा बिजयपुर नगरपालिका ८ का ७० बर्षीय पुरुष र दुर्गा भगवती गाउँपालिका ७ का ५० बर्षीय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ ।

हिजो पनि उपचारकै क्रममा रहेको रौतहटको २ जना कोरोना संक्रमित व्यक्तिको वीरगंज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायानी अस्पतालको कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनु भएको छ । रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । पछिल्लो केहिदिन देखि जिल्लामा संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ ।

बिहीबार बिहान सम्म जिल्लामा कोरोना संक्रमितको कुल संख्या २१५ पुगेको छ । संक्रमितको संख्या बढ्दै जाँदा जिल्लाको तीन स्थानमा आइसोलेशन संचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारि यादवका अनुसार जिल्ला अस्पताल गौरमा अक्सिजन सहित १५ बेडको एचडियु,आईसियु र चारवटा भेन्टिलेटर सहितको कोभिड अस्पताल संचालन गरिएको छ भने गौर नर्सिङ क्याम्पसमा १० बेड र चन्द्रपुरमा ४६ बेडको कोभिड अस्पताल मंगलबार देखि संचालनमा आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here