२३ बैशाख काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचनको उमेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल गर्ने बताइएको छ ।एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गते नै केन्द्रीय कमिटी सदस्यहरुलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै उमेदवार बनाउने जानकारी गराएका थिए । तर, औपचारिक निर्णय भने भएको छैन ।

आउँदो जेठ ६ गते वाग्मती र १७ गते लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभाको रिक्त पदमा उपनिर्वचन हुँदै छ ।त्यस्तै, ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिँदै छन् । त्यस विषयमा पनि छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here