रौतहट २० बैशाख ।
रौतहटको गरुडा मालपोत कार्यालय सोमबारबाट बन्द भएको छ । रौतहटमा कोरोना संक्रमण दर बढ्दै गएसँगै गरुडा मालपोत कार्यालयका अधिकांस कर्मचारीहरुमा ज्वरो आउने , रुघाखोकी लाग्ने , टाउको दुख्ने जस्ता स्वास्थ्य सम्बन्धि समस्या देखिएको मालपोत कार्यालय गरुडाका मालपोत अधिकृत प्रेमचन्द्र मिश्रले बताउनु भयो । कार्यालयमा सेवाग्राहीहरुको अत्याधिक भिडभाड हुने भएकाले कोरोना संक्रमण फैलन सक्ने जनाउदै अदालती तथा आन्तरिक प्रशासन सम्बन्धि आवश्यक सेवाहरु बाहेक अन्य सेवाहरु अर्को सुचना नआउन्जेल सोमबारबाटै सबै सेवाहरु बन्द गरिएको मिश्रले बताउनु भयो । रौतहटमा केही दिन यता कोरोना संक्रमण दर दिनानुदिन बढ्दै गइरहेको छ तर मानिसहरुको भिडभाडमा भने कमी आउन सकेको छैन ।








