रौतहट २१ बैशाख ।
इलाका प्रहरी कार्यालय गरुडा प्रहरी टोलीले अन्दाजी ४ बर्षका बालक मंगलबार फेला पारेको छ । आज मंगलबार दिउसो १२ बजेर ३५ मिनेटको समयमा रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ४ मेथुरचोकमा आफ्नो नाम थर वतन बताउन नसक्ने बालक इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी गस्ति टोली रोइरहेको अबस्थामा फ्ला पारेका थिए । सोही स्थानका मानिसहरुलाई सोधपुछ गर्दा बालकलाई चिन्ने कोही नभएपछि बालकलाई गरुडा प्रहरी कार्यालयमा ल्याइ राखिएको प्रहरी बताएको छ । कपाल लामो , रातो सर्ट , भित्र सेन्डो लगाएको , कट्टु लगाएको चप्पल नलगाएको बालकलाई चिन्नु हुने जोकोही वा सम्बन्धित ब्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडामा सम्पर्क गर्न अनुरोध गरेको छ । बालकलाइ चिन्ने हुने ब्यक्तिले कार्यालयको सम्पर्क नं.९८५५०९०१६५ मा फोन सम्पर्क गर्न वा कार्यालयमा आई सम्पर्क गर्न समेत अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here