२० बैशाख अखिलेश कुमार यादव ।विश्व प्रेस स्वतन्त्रता दिवश नेपाल पत्रकार महासंघ रौतहटले पनि मनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवशको अवशरमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कार बाट वरिष्ठ पत्रकार श्रीमन नारायण मिश्रलाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा सोमवार विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा आयोजित “अन्तरक्रिया तथा सम्मान” कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुर्गा प्रसाद पौडेल स्मृति पुरस्कारबाट वरिष्ठ पत्रकार मिश्रलाई सम्मानित गरेको छ ।

विश्व प्रेस स्वतन्त्रताको दिवशको अवसरमा प्रजिअ इन्द्र देव यादवले सत्य, तथ्य र निर्भिक्क भई देश हितमा कलम चलाउन अलिकति पछि नहट्न संचारकर्मीहरु आग्रह गर्नु भएको छ ।

नेपाल प्रहरीका एसपी सिद्धि विक्रम शाहले पत्रकारहरु काम गर्दै जाँदा कहिले काही आईपर्ने जोखिम एवं थ्रेटको अवस्थामा प्रहरी प्रशासनबाट हुने सहयोग सवै गर्ने प्रतिबद्धता जनाउनु भयो

विश्वव्यापी कोभिड १९ को दोश्रो लहरको महामारीबाट पिडा खेपिरहेको अवस्थामा संचारकर्मीहरु माथि आईपरेको जिम्मेवारी लाई सुरक्षित ढंगबाट आत्मसाथ गरी समाचार सम्प्रेसित गर्न र अरुलाई सचेत गराउनुपर्ने मा जोड रौतहट एफ एमको अध्यक्ष रेवन्त झाले जोड दिनु भएको छ ।

पहिलो पटक दिइएको उक्त पुरस्कारको राशी ११ हजार र सम्मान पत्र रहेको नेपाल पत्रकार महासंघका सचिव मदन ठाकुरले जानकारी दिनु भयो । प्रत्येक बर्ष एक जना वरिष्ठ पत्रकारलाई सम्मान गरिने पुरस्कार संचालक समिति को सन्तोष पौडेलले जानकारी दिनु भएको छ ।

नव निर्वाचित रौतहट शाखाको पदाधिकारी सहित केन्द्रीय सदस्यलाई दुर्गा प्रसाद पौडेल स्मृति प्रतिष्ठानले प्रमाण पत्र दिई सम्मान गरेको नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ ।

त्यस्तै विश्व प्रेस स्वतन्त्रता दिवशकै अवशरमा रेडियो बीरगंजको संचालक ध्रूप साहले आफ्नो व्यक्तिगत तर्फ बाट नेपाल पत्रकार महासंघ रौतहट शाखालाई स्वास्थ्य सामाग्री शाखाको अध्यक्ष प्रेमचन्द्र झालाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त कार्यक्रममा अध्यक्ष प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न भएको छ भने कार्यक्रममा शाखाको उपाध्यक्ष प्रविण शर्माले स्वागत मन्तव्य राख्नु भएको थिए भने शाखाको सचिव मदन ठाकुरले कार्यक्रम संचालन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here