१९ बैशाख अखिलेश कुमार यादव ।

रौतहटको कटहरिया नगरपालिकाको भिन्न ठाउँमा नाला निर्माण तथा सडक स्तरोन्नतीको आईतवार शिलान्यास गरिएको छ । रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा मौलापुर नगरपालिकाको नगर प्रमुख रिना कुमारी साह कटहरिया नगरपालिकाको वडा न ४ को वडा अध्यक्ष चन्दन कुशवाहाले संयुक्त रुपमा आइतबार एक कार्यक्रमका बिच विभिन्न ३ कार्यको शिलान्यास गर्नु भएको हो ।

कटहरिया नगरपालिकाको डुमरिया टाेलापुर,बहादुरपुर र कटहरिया बजारमा निर्माण हुने नाला निर्माण , सड़क स्तरोन्नती एकै दिन शिलान्यास गर्नु भएको हो । आफुले कटहरिया नगरपालिकामा कच्ची सडक मुक्त बनाउने प्रतिबद्धता गरेकाले सोही अनुसार कार्य गर्दै आएको नगर प्रमुख सियाराम कुशवाहाले बताउनु भयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना बिरगंजको आयोजनामा झण्ड़ै ५३ करोड़ १० लाखको लागतमा निर्माण हुने मेयर सियाराम कुशवाहाले बताउनु भयो । त्यसै गरि आइतवार शिलान्यास गरेका आयोजनाहरु एक वर्ष भित्रमा पूरा हुने समेत उहाले बताउनु भयो । कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ता लगायत जनप्रतिनिधिहरुको विशेष सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here