हेटौंडा १८ वैशाख ।
मकवानपुरमा पनि सोमबारदेखि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । यस क्षेत्रमा अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक उपभोग्य वस्तु बिहान ५ बजेदेखि ९ बजेसम्म खरिद बिक्री गर्न पाइनेछ ।हेटौंडा उपमहानगरपालिका क्षेत्रमा होटलदेखि चिया पसलसम्म र हेटौंडा उपमहानगरपालिका –१० बसपार्कमा रहेका सबै व्यवसाय भने शनिबारदेखि नै बन्द छन् । सभार अनलाइनखबर

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here