सप्तरी १७ वैशाख ।
सप्तरीबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका–७ कनकटा बस्ने २८ बर्षीय अभिमन्युकुमार र राजविराज नगरपालिका ८ बस्ने ४३ बर्षीय गज्जु दास छन् । बिहीबार भारतबाट लागूऔषध ल्याउँदै गर्दा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि भाग्दै गरेका मोटरसाइकलको पिछा गर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँज गर्ने क्रममा भारतबाट आउँदै गरेको दुई जना सवार स। ४प ३४९७ नम्बरको मोटरसाइकल भागेपछि प्रहरीले पिछा गर्दै पक्राउ गरेको उनले बताए । उनीहरुको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ । उनीहरुको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी भएको लक्ष्मीकुमार मण्डलको र बोधनी देवीको नामबाट जारी भएको नागरिकता समेत बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here