जनकपुरधाम १७ वैशाख ।
धनुषामा ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार राति धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित सडकमा एनएल ०१ जि ४०४१ नम्बरको लहरी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, ठेगाना नखुलेका करिब २६ वर्षीय पुरुषको मृत्यु भएको हो । लहरी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here