१७ बैशाख । अखिलेश कुमार यादव ।रौतहट ।
अनलाईन मार्फत आर्थिक कारोबार गरि सट्टेबाजी र जुवा खेलाउने मास्टर एजेन्टलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गौर नगरपालिका वडा न १ बस्ने दिनेश प्रसाद जयसवालको २६ बर्षको छोरा सुधिर कुमार जयसवाल रहेको छ ।

पक्राउ परेको सुधिर कुमार जयसवाल युनिभर्सल मोबाईल असेसरिज पसल संचालन गर्दै आइरहेको र सोहि पसलमा Diamond EXTH अनलाइन मार्फत बाट आईपियल क्रिकेटको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रुपमा कारोबार गर्दै आईरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी रौतहटले सुधिर कुमार सिंहलाई बिहिवार साझ पक्राउ गरेको थियो ।

सुधिर जयसवालको साथ् बाट प्रहरीले सट्टेबाजी गर्न प्रयोग गरेको मोबाइल समेत बरामद गरेको छ ।बरामद गरेको मोबाइल बाट daiamondexch9.com वेबसाईट अनलाईन मार्फत ४८ जना क्लाईनतसको समूह बनाई सट्टाबाजी गरि जुवा समेत खेलाएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी प्रमुख सिद्धि बिक्रम साहले बताउनु भएको छ ।

सुधिर जयसवालले खेलाएको ईसेवा नम्बर ९८४५७१४२३६ बाट स्टेटमेन्ट हेर्दा रु १४,९४,९३७ र सनराईज बैंकको खाता बाट २,४४,७०३, गरि जम्मा सत्र लाख उन्चालिस हजार ६ सय चालिस रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको भेटिएको प्रहरी प्रमुख सिद्धि बिक्रम साहले जानकारी दिनु भएको छ ।

पक्राउ परेको सुधिर जयसवाललाई आवशयक कारवाहीको लागि जुवा खेल्न वा सट्टाबाजी गर्ने हुने अन्तर्गत कसुरमा ७ दिनको म्याद थप लिई थप अनुसन्धान भईरहेको एसपी सिद्धि बिक्रम साहले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here