The Chennai SuperKings and The Sunrisers Hyderabad congratulating each others during match 14 of season 13 of the Dream 11 Indian Premier League (IPL) between the Chennai Super Kings and the Sunrisers Hyderabad held at the Dubai International Cricket Stadium, Dubai in the United Arab Emirates on the 2nd October 2020. Photo by: Saikat Das / Sportzpics for BCCI

१६ बैशाख काठमाडौँ- सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नई सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।बुधबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७ विकेटले पराजित गर्‍यो ।

हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।चेन्नईको जितमा रुतुराज गायकवाड र फाप डु प्लेसिसले अर्धशतकीय इनिङ्स खेले । गायकवाडले ७५ रनको इनिङ्स खेल्दा प्लेसिसले ५६ रन बनाए । हैदरावादका राशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान डेभिड वार्नरले ५७ रनको इनिङ्स खेले ।जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । हैदरावादले ६ खेलमा २ अंकसहित तालिकाको पुछारमा छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here