रौतहट १६ बैशाख ।
रौतहटको मौलापुरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका वडा नम्बर २ चिरचिरियाका १२ बर्ष बालक विश्वनाथ पटेलको छोराको विहिबार साझ साढे ६ बजे खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको पटेलले बताउनु भयो । मृतक बालक आमासंग खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here