१६ बैशाख वीरगञ्ज – बोलेरो जिपको ठक्करबाट वीरगञ्जमा एकजनाको मृत्यु भएको छ ।बुधबार राति जिपको ठक्करबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ आठराहा टोल निवासी ५० वर्षका मकसुद आलमको मृत्यु भएको हो ।

गाउँमै जन्ती लिएर आएको ना ४ प २०३१ नम्बको बोलेरो जिपले आलमलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकको शब पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको तथा जिप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here