१५ बैशाख ।अखिलेश कुमार यादव ।अस्थायी ट्राफिक प्रहरी कार्यालय गौर रौतहटले सदरमुकाम गौरको ओम शान्ति चौक र जिल्ला अस्पताल गौर को अगाडी मुख्य सडकमा २ वटा कन्केभ एना पोलमा लगाएको छ ।सवारी आगमन ट्राफिक व्यवस्थान सवारी दुर्घटना न्युनिकरनामा अत्यन्त महतवपूर्ण भूमिका निर्वाह गरेको भएकोले गौर नगरपालिकाको सहयोगमा २ वटा कन्केभ ऐना जडान गरिएको छ ।

दिनानुदिन सवारी दुर्घटनामा परि कयौले आफ्नो ज्यान गुमाउने गरेको छ त्यस खालको दुर्घटना बाट बच्न सकियोस भन्ने उदेशयाको साथ् कन्केभ एना जडान गरिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय गौरको प्रहरी नायब निरीक्षक सुरेन्द्र कोईरालाले बताउनु भएको छ ।

बिपरित दिशा बाट आइरहेको सवारी साधनलाई मोडमा हेर्न नसकेको कारणले कन्केभ ऐनामा हरेर आफ्नो सवारीको गति बिस्तारै गर्ने र कन्केभ ऐनाले दुर्घटना न्युनिकरनामा महत्वपूर्ण भूमिका खेल्ने प्रहरी नायब निरीक्षक सुरेन्द्र कोईराला ले बिश्वास गरेको छ ।आगामी दिनमा कबकेभ एना को प्रभाव हेरेर गौर नगरपालिकाको सहकार्यमा ठप्प कन्केभ ऐना जडान गर्ने वहा ले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here