रौतहट १३ बैशाख ।
रौतहटमा नेकपा माओवादी केन्द्रका ५ उपप्रमुखलाई पार्टीबाट साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । नेकपा माओवादी केन्द्र रौतहट जिल्ला समिति सदस्यसमेत रहेका माधवनारायण नगरपालिकाका उपप्रमुख सिमल साह , फतुवाविजयपुर नगरपालिकाको उपप्रमुख कान्ति देवी , मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशैकर प्रसाद जयसवाल , देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनिया देवी र यमुनामाइ गाउपालिकाका उपाध्यक्ष गीतादेवी साह २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ साल जेठ ३ गते पार्टी एकिकरण भइ निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा कायम गराएको थियो । तर सर्वोच्च अदालतले २०७७ फागुन २३ गतेको आदेशले उक्त पार्टी एकता कायम नगरि सावित कै छुट्टा छुट्टै पार्टी कायम भएको फैसला गरेको थियो । सो फैसला भइपश्चात रौतहटका ५ जना उपप्रमुखहरु नेकपा माओवादी केन्द्र दलको प्रतिनिधित्व गर्नु पर्नेमा ५ जनाले नै अन्य दल अर्थात नेकपा एमालेमा प्रबेश गरि उक्त दलको साधरण सदस्य स्वीकार गरी राजनितिक गतिविधिहरुमा संलग्न भइ नेकपा माओवादी केन्द्रको विधान तथा राजनितिक दल सम्बन्धि ऐनले तोकेको दायित्व जानी जानी उल्लङघन गरेकाले स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण चित्त बुझ्दोे नआएकोले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले साधरण सदस्य समेत नरहने गरि पार्टी निष्कासन गरेको हो । कारवाहीमा परेका रौतहटका ५ जना उपप्रमुखहरुले दल त्याग गरेकाले नेकपा माओवादी केन्द्रको साधरण सदस्य समेत नरहने गरि निष्कासन गरिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here