१३ बैशाख ।अखिलेश कुमार यादव । रौतहट जिल्लाको गौर नगरपालिकाको वडा न ५ मा जिम क्लब आजदेखि संचालनमा आएको छ ।आज एक कार्यक्रमको बीच गौर नगरपालिकाका नगरप्रमूख अजय गुप्ताले ५ नम्बर वडाको जिम क्लबको उदघाटन गर्नु भएको छ ।

जिम क्लब सञ्चालनमा आए पछि जिम प्रति लगाव राखेको युवाहरु खुशी व्यक्त गरेका छन्। गौर नगरपालिकाको वडा न ५ को वडाध्यक्ष राम स्वार्थ राय यादवको पहलमा जिम क्लब निमार्ण गरिएको छ ।युवालाई थप प्रेरणा साथै शारीरिक रुपमा तन्दुरुस्त रहने उदेश्यको साथ् जिम क्लब सञ्चालन गरिएको र गौर नगरपालिकाको वडा न ५ को युवाहरुले जिम कलब संचालनमा आएकोले अब आफुहरु अन्यत्र जिम गर्न जाने बाध्यता हटेको प्रति वडा अध्यक्ष यादवलाई धन्यवाद दिएको छ ।

वडाध्यक्ष यादवका अनुसार आज देखि संचालनमा आएको जिम क्लबलाई वडा कार्यालयले स्वंम संचालन गर्ने र पछि गएर कमिटि बेवस्थापन गरेर जिम क्लब संचालन गरिने भएको छ ।

उक्त जिम क्लब उद्घाटन समारोहमा गौर नगरपालिकाको नगर प्रमुख अजय गुप्ता , ५ नम्बरका वडा अध्यक्ष लगायत अन्य गौरका प्रत्येक वडा अध्यक्षहरुको उपस्थिता देखिएको थियो ।

गौर नगरपालिका र वडाबाट ५ लाखको सहयोग यो जिम क्लब सञ्चालनमा आएको गौर नगरपालिकाको वडा न ५ को युवा राहुल यादवले बताएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here