१२  बैशाख  ।रौतहट  । कोराना संक्रमणले चन्द्रपुरको एक विद्यालयको बार्षिक परिक्षा अवरोध भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारस्थित जनशक्ति माविका एक शिक्षकलाई कोरोना पुष्टि भएपछि आइतबारबाट एक हप्ता बैशाख १८ गतेसम्मका लागी विद्यालय बन्द गरेको प्रधानाध्यापक विनोद राय यादवले बताउनु भयो ।

चन्द्रपुर नगरस्तरिय बार्षिक परिक्षा समितिले सोमबारबाट बार्षिक परिक्षा सञ्चालनको तयारी पुरा गरि परिक्षा सञ्चालन हुने जनाएको छ तर जनशक्ति मावि गैडाटारमा अध्ययनरत विद्यार्थीहरुको परिक्षा भने स्थगित हुने भएको छ ।

नियमित सञ्चालन भइरहेको विद्यालयले परिक्षाको सम्पुर्ण तयारी सम्पन्न गरिसकेको भएतापनि विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट हुने बार्षिक परिक्षा अर्को सुचना नआउन्जेल स्थगित गरेको प्रधानााध्यक विनोद राय यादवले बताउनु भयो ।

कोरोना जोखिमलाई मध्यनजर गरि विद्यालय बन्द गर्नु परेको यादवको भनाइ रहेको छ । स्थगीत परिक्षा कोरोनाको जोखिम न्युन भएपछि सञ्चालन गरिने उहाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here